एजेन्सी । वैज्ञानिकहरुका अनुसार रोबोटले मानिसका अधिकांश काम आफैंले गर्ने र मान्छेका रोजगारी खोस्ने दिन अब खासै टाढा छैन । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा भैरहेको लगातारको विकासले यो खतरालाई झनै बढाइदिएको छ ।
अहिलेसम्म रोबोटले होटल तथा रेष्टुरेन्टमा वेटरको काम गरेका वा एयरपोर्टमा आगन्तुकको स्वागत गरेका समाचार हामीले पढेका थियौं । तर अब रोबोटले सेक्युरिटी गार्डको काम पनि गर्न थालेको छ ।
कम्पनीका अनुसार यो रोबोटमा मानिसकै जस्तै हात तथा अनुहार छ । यसले आफ्नो हातले सामान उठाउन तथा ढोका खोल्न सक्दछ । यसलाई नर्वे तथा डलासमा औद्योगिक क्षेत्रमा बनाइने एन्ड्रोइडको निगरानीका लागि खटाइएको छ ।
यो रोबोटले मानिसले जस्तै काम गरेको देख्दा यसलाई स्वास्थ्य तथा हस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा पनि प्रयोग गर्न सकिने आकलन गरिएको छ ।
डेलिमेलको रिपोर्ट अनुसार रोबोट निर्माता कम्पनीका सीईओ तथा संस्थापक बन्र्ट बोरनिचलले भेनका छन्- हामीसँग एउटा ठूलो सोच छ । हामी श्रमशक्तिको अभावको समस्या समाधान गर्न चाहन्छौं । यो कसरी गर्ने भन्ने हामीसँग प्रष्ट अवधारणा छ । तर हामीलाई निकै धेरै डाटाको आवश्यकता छ । मलाई लाग्छ कि हामीसँगै पूर्णरुपमा फरक समाज हुनेछ जहाँ हामीले श्रमिकको अभावको बारेमा सोच्नुपर्ने छैन ।

















