प्रतिपक्षी दलका नेतामाथि गैरजिम्मेवार आरोप लगाइएको भन्दै संसद्को ध्यानाकर्षण

57

काठमाडौं। सांसद् सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतामाथि गैरजिम्मेवार आरोप लगाइएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथमा राखिएको जलहरीमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि नेम्वाङले सम्पूर्ण कुरा स्पस्ट पारेपछि मात्रै संसद् अघि बढाउनुपर्ने बताएका हुन्।

गत बुधबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको अभिव्यक्ति दिएका थिए ।

नेम्वाङले भने,‘सम्पूर्ण डाडु पन्यौं आफ्नो हातमा छ । कानुनको विपरीत भएका काम कारबाहीहरूमा कारबाही गर्ने अधिकार छ । सरकार जसलाई सबै कुरा थाह छ । सत्ता पक्षका सांसद्ले संसद्को रोष्टममा उभिएर प्रमुख प्रतिपक्षीमाथि गम्भीर आरोप लगाउनुभयो । प्रमुख प्रतिपक्षी भनेको जोसँग सल्लाह नगरि कुनै काम हुँदैन । गम्भीर जिम्मेवार पक्ष हो । त्यो जिम्मेवार पक्षमाथि भ्रष्टाचार गर्‍यो भनेर सत्ता पक्षले आरोप लगायो । यो आरोप टाउकोमा बोकेर हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं ? यो देशले कसरी यो आरोप बोकेर हिँड्न सक्छ ?’

उनले यो विषयलाई टुग्याँएर मात्रै संसद् अघि बढ्ने बताए । नेम्वाङले भने,‘यसलाई राफसाफ नगरि हुँदैन । यस्तो गलत कुरा बोल्न पाइन्छ कि पाइदैन? यो सधैंका लागि राफसाप गर्नुपर्छ कि पर्दैन ? यो विषय टुंगोमा पुर्‍याऔं । सम्पूर्ण कुरा सफा गरेर मात्रै हाउसमा बसौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here