जावलाखेल दोस्रो स्थानमा उक्लियो

74

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी युथ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा जावलखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गरेको हो।

जावलाखेलको लागि एनकोटो मासोबीले गोल गरे। खेलको ५५ औँ मिनेटमा मासोबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। ७८ औँ मिनेटमा मासोबीले जावलाखेलको लागि दोस्रो गोल गरे।

जावलाखेलले २३ खेलबाट ३७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लियो। २३ खेलबाट ३० अङ्क जोडेको आर्मी भने पाँचौं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here