महाेतरीमा पेस्तोल देखाएर दिनदहाडै एनएमबी बैंक लुटिए

14

काठमाडौं । पेस्तोल देखाएर दिनदहाडै एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट भएको छ।

मंगलबार दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले जनाए।

बैंकका अनुसार ३८ लाख रुपैयाँ लुटपाट भएको छ। ४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई खबर गरे गोली ठोक्ने धम्की दिँदै लुटपाट गरेका हुन्। अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन।
लुटपाट गर्नेहरुको खोजीकार्य जारी रहेको डीएसपी गिरीले जनाए। लुटपाट भएको सीसीटभी फुटेजसमेत बाहिरिएको छ। उक्त फुटेजमार्फत् लुटपाट गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। लुटपाट गर्ने आएकाहरु सबैले हातमा पेस्तोल बोकेका थिए।

उनीहरुले मुखमा पट्टी बाँधेका थिए भने बैंकबाट पोको बोकेर बाहिर निस्केका थिए । लुटपाट हुँदा बैंकमा सर्वसाधारण रहेको फुटेजमा देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here