यी २३ निर्माण कम्पनी कालो सूचीमा

50

काठमाडौं । सरकारले २३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमा ठेक्का नसक्ने कम्पनीहरुलाई १ देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवनलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालो सूचीमा राखेको छ। उक्त कम्पनीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजनाको काम अलपत्र पारेका कारण कालोसूचीमा राखिएको हो।

त्यस्तै, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन पनि कालो सूचीमा परेका छन्। उनीहरुलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ।

भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई २ वर्षसम्म कालो सूचीमा राखिएको ५।  पप्पु/कोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालयको सिफारिसमा वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको हो।

blacklist_construction_Company1685508312.png

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here