सुनचाँदीको मूल्य स्थिर

39

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० मा कारोबार भइरहेको ५ छ ।

चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा तोलामा १७ सय रुपैयाँले घटेर सुन को कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here