काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि संगठन (सीटीबीटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएड बीच शिष्टाचार भेटवार्ता भएको छ ।
अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिब फ्लोएड बीच सिंहदरबारस्थित संसद सचिवालयमा भेटवार्ता भएको हो ।
अध्यक्षको सचिवालयका अनुसार उनले भनेका छन्, ‘सबै प्रकारका हतियारको निशस्त्रीकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रहिआएको छ ।
अध्यक्ष तिमिल्सिनाले आणविक प्रतिबन्ध सन्धि अनुमोदन गर्ने राष्ट्रहरुको संख्याले नेपाल प्रोत्साहित रहेको पनि बताएका छन् ।
संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिदै उनले सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरुको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताएका हुन् ।
सिटिबिटीयोका कार्यकारी सचिव फ्लोएडले पश्चिम अपि|mका र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरे ।


















