आरक्ष पीडितहरूको वर्षौंदेखिको समस्या समाधान कहिले कदम चाल्छ?’

27
काठमाडाैं । नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

समस्या समाधानका लागि पीडितहरू महिना दिनदेखि राजधानीमा भौंतारिरहेको भन्दै सांसद तामाङले पीडितको पुनर्स्थापना गर्न सरकारसँग माग गरेका हुन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कञ्चनपुर १ बाट निर्वाचित सांसद तामाङले भने, ‘कुरो उठाएको उठायै छु। सरकारले गर्छु मात्र भन्ने।

हाम्रो कञ्चनपुर जिल्लाको आरक्ष पीडितहरूको वर्षौंदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन। नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आश गरेर अहिले काठमाडौंमा हप्तौंदेखि पीडितहरू भौंतारिराखेका छन्। सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ?’

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित पीडित सयौं परिवारको राज्यबाट अझै पुनर्स्थापना हुन सकेको छैन।

सडक र नदी किनारमा शिविर बनाएर बसिरहेका छन्। आरक्ष पीडित संघर्ष समिति बनाएर पीडितहरू काठमाडौं आएर जिल्लाबाट निर्वाचित सांसद र मन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेर समस्या सुनाए पनि सम्बोधन भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here