उपयोग नभएका काठबाट जनावरको आकृति बनाउँदै कलाकार

110

ललितपुर । ललितपुर सदर चिडियाखाना जावलाखेलमा उपयोग नभएका काठबाट पशुपन्छी तथा जनावरको आकृति बनाउने भएकाे छ ।

देशका विभिन्न क्षेत्रका कलाकारहरुद्वारा काठहरुमा कलाको माध्यमबाट ‘सेभ द एनिमल्स’ नामक सन्देश दिने उद्देश्यले कला प्रस्तुत गरिने भएकाे छ । कलाकार बिभुषण  ताम्राकारको नेतृत्वमा उक्त आकृति कुंदने काम गरिने जानकारी गराए ।

उक्त कला प्रस्तुतीमा कलाकारहरु बिभुषन ताम्राकार, बिकास शाक्य , राजन महर्जन , बिपुल प्रजापती, गौरव रत्न बज्रचार्य र रिकेश प्राजले आफ्नो कला प्रस्तुत गर्दैहुनुहुन्छ ।

हालसम्म मकर गोही, हात्तीको टाउको, लाटोकोसेरो र गिद्धको टाउको बनाइंदैछ भने अरु विभिन्न आकृति कुंदने काम जारी रहेको छ ।  सुपरिवेक्षणकाे रूपमा सम्पदा संरक्षण अभियानकर्ता सुर्दशन महर्जनले गरिदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here