जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

22

काठमाडौं । भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 2 लमजुङ, दोर्दी गाउँपालिका-४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । तेह्रथुम, आठराई गाउँपालिका-१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय १ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here