सूचना जारी गर्दै नेपाल मेडिकल कलेजले ओपिडी सेवा बन्द

41

काठमाडौं । नेपाल मेडिकल कलेजले ओपिडी सेवा अनिश्तिकालका लागि बन्द गरेको छ। आज एक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो।

गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय सुवर्ण कुमार धितालको विषयलाई लिएर उत्तेजित भिडले अस्पताल परिसरमा मंगलवार साँझ नाराजुलुस गरेको र अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीलाई अपशब्द प्रयोग गरि कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ।

त्यसप्रकारको गतिविधिले अस्पतालको शान्ति सुरक्षामा बाधा परेको भन्दै प्रशासनले नियमित अस्पताल सेवा संचालन हुन सक्ने अवस्था नरहेको जनाएको छ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म एमर्जेन्सीबाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको अस्पताल प्रशासनले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here