फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

29

काठमाडाैं । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एक स्थान ताल झरेकाे छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झर्दै १ सय ७५ औँ स्थानमा पुगेकाे छ । नयाँ वरीयतामा नेपाल ९ सय ५९ अङ्कका साथ १ सय ७५ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७४ औँ स्थानमा थियो ।

भारतमा भइरहेकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलाे खेलमा कुवेतसँग ३–१ र भारतसँग २–० गाेल अन्तरले पराजित भएको थियाे भने समूह चरणकाे अन्तिम खेलमा पाकिस्तानलाई १–० गाेल अन्तरले हराएको थियो ।

दक्षिण एसियामा भारत १०० औँ स्थानमा रहँदै सबैभन्दा अगाडि छ । यस्तै माल्दिभ्स १५४ औँ, अफगानिस्तान १५७ औँ, भुटान १८४ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान २०१ औँ र फिफाकाे निलम्बनमा रहेको श्रीलङ्का २०७ औँ स्थानमा छन् ।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन् । यस्तै इङ्ग्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ, क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स साताैँ, इटाली आठाैँ, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here