चुइगमलाई लिएर मानिसमा फरक किसिमको क्रेज

40

काठमाडौं । चुइगमलाई लिएर मानिसमा फरक किसिमको क्रेज छ। सबैको आफ्नै कारण छन्।

युवा तथा किशोरकिशोरीहरूले चुइगम चपाउँदा अरू चकलेट जस्तो निल्नु नपर्ने हुनाले कतै निलिन्छकि भन्ने डर महसुस गर्छन्। बच्चाहरूले बेलुन फुलाएर खुसी हुन्छन्। धेरै पटक मानिसले गल्तिवश चुइगमलाई निल्ने गर्छन्।

चुइगम निल्दा हुने असर
चुइगम शरीरमा पुग्दा हुने हानिबारे विभिन्न कुराहरु छन्। सामान्यतया चुइगम निल्दा शरीरबाट त्यसरी नै बाहिर निस्कन्छ जसरी दिसाबाट बाहिर निस्कन्छ। बच्चाहरूलाई च्युइङगमले वयस्कको तुलनामा बढी हानि हुने सम्भावना हुन्छ। यस्तो अवस्थामा उनीहरुको ख्याल गर्नु जरुरी छ।

शरीरबाट बाहिर निस्कन कति समय लाग्छ ?
चुइगम सामान्यतया शरीरबाट बाहिर निस्कन एक वा दुई दिन लाग्छ। रबरबाट बनेकाले शरीरमा घुल्न अलि बढी समय लाग्छ।

यदि शरीरले एक दिनमा चुइगम हटाउन सक्दैन भने त्यस्तो अवस्थामा डाक्टरसँग परामर्श गर्नुपर्छ। यदि चुइगम शरीरबाट बाहिर निस्किएन भने शरीरको तापक्रम पनि बढ्न सक्छ। कतिपय अवस्थामा बीपी बढ्ने समस्या पनि हुने गर्दछ। यसका कारण वाकवाकी लाग्ने, घबराहट हुने जस्ता समस्या पनि आउन सक्छ। कतिपयलाई एलर्जी पनि हुन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here