काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंक र वन्डर्स नेपालबीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध बिस्तार सम्बन्धी सम्झौता भएको हो ।
साे सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने विश्वास बैंकले लिएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सोही अवसरमा प्रभु बैंकका बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र निर्देशक पदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो ।
उक्त सम्झौता अनुसार बैंकले वन्डर्स नेपालको परिसरमा एटिएम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ ।
सम्पूर्ण सर्वसाधारण तथा ग्राहक महानुभावहरुले वन्डर्स नेपाल अन्तर्गत काठमाण्डौको कमलादी स्थित स्काई वाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुनेछन् विश्वास बैंकले लिएको छ ।


















