बैंकको महत्त्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व.हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरे।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य रुङ्गटाले विद्यार्थी देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए। विद्यालय व्यावस्थापनका अध्यक्ष श्री गोपाल केडियाले यस्ता छात्रवृत्तlले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने भन्दै सहयोगप्रति कृतज्ञता जाहेर गरे।
‘सबल बैंक, सफल सहकार्य’ को नाराका साथ २९ वर्षदेखि सेवामा रहेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई आगामी दिनमा पनि थप प्रभावकारी बनाउने बताएको छ।


















