काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ सय ३१ जनाको परीक्षा रद्द गरेको छ।
बिहीबार नतिजा सार्वजनिक गरिसकेपछि पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले २ सय ९० जनाको परीक्षा विभिन्न कारणले स्थगित गरेको जानकारी दिए।
बोर्डका अनुसार २०७९ को एसइई परीक्षामा चार लाख ८४ हजार ९ सय ३९ जना सहभागी थिए। यस वर्ष एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या भने बढेको छ। २२ हजार ४ सय ७५ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन्।


















