दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु

19

काठमाडौं । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

गएराति २ बजे मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, त्यहि ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार का २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक तिनै जनाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । घाइते भएका ट्रकमा सवार चितवनको राप्ति नगरपालिका वडा नम्बर–३ का बिबेक तामाङ र एउटा ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का अर्जुनकुमार प्रजाको भरतपुर अस्पताल उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here