मलामी सवार ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु ३३ घाइते

44

अछाम । मलामी बोकेर गएको ट्याक्टर दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिकामा एक जनाको ज्यान गएको छ । मलामी गएका पञ्चदेवल विनायक नगरपालिका –६ तोलीका २४ वर्षीय दीर्घ विकको घटनास्थलमै ज्यान गएको हो ।

घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका –२ विनायकका १२ वर्षीय दमन विक, नगरपालिका –६ तोलीका १५ वर्षीय लोकेन्द्र विकको थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेको उपचार जिल्ला अस्पताल मंगलसेन र वयलपाटामा भइरहेको छ ।

घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका –२ विनायकका ५० वर्षीय विक्रम विक, ३२ वर्षीय शेरे दमाई, ४५ वर्षीय धन टमट्टा, ४० वर्षीय जम्माने दमाई, ४५ वर्षीय रण विक, ६० वर्षीय मञ्जित विक, २२ वर्षीय अक्कल दमाई, २६ वर्षीया पहल नेपाली, ३० वर्षीय गंगे दमाई र १४ वर्षीया यकेन्द्र विक रहेका छन् ।

त्यस्तै, १६ वर्षीय खम्म विक, ३० वर्षीय धर्म ढुंगेल, ४८ वर्षीय दानवीर कामी, २७ वर्षीय नृप नेपाली, ५५ वर्षीय नारद देवकोटा, २२ वर्षीय कमल नेपाली रहेका छन् ।

सोहीअनुसार कमलबजार नगरपालिका –५ कुइकाका २२ वर्षीय प्रकाश विक, २७ वर्षीय तारा विक, वडा ४ चाल्साका २३ वर्षीय भैरव विक दुर्घटनामा घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

पञ्चदेवल विनायक–३ विनायकका १८ वर्षीय तप विक, १५ वर्षीय रमेश विक, १४ वर्षीय सन्तोष विक, ५५ वर्षीय अमर दमाई घाइते भएका छन् । रामारोशन गाउँपालिका –१ मलातीकोटका २९ वर्षीय कमल विक,  पञ्चदेवल विनायक–२ विनायकका २९ वर्षीय गोविन्द नेपाली, ३० वर्षीय मानबहादुर विक, ७० वर्षीय पहलमान विक, ३१ वर्षीय मानबहादुर ढोली, २६ वर्षीय ध्वज विक, कमलबजार नगरपालिका–५ का ५० वर्षीय पदम मिजारको स्थानीय कुच्ची स्वास्थ्य चौकीमा उपचारपछि घर फर्केका छन् ।

मलामी बोकेर भे १ त ६७५६ गएको ट्याक्टर पञ्चदेवल विनायक नगरपालिका –४ कालिकास्थानको सल्लाघारीमा दुर्घटना भएको छ । मोडमा ट्याक्टर मोड्नेक्रममा दुर्घटना भएको र घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीका इनिष्पेक्टर कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here