प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै आन्दोलन

26

काठमाडौं । प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ । अखिल (क्रान्तिकारी ) ले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गर्दै आन्दोलन थालेको हो ।

सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गत इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षामा पाठ्यक्रमभन्दा बाहिरको सोधिएको थियो ।

९ वटा प्रश्नमा ६ वटा भारतसँग सम्बन्धित थियो । प्रश्नपत्र जस्तो गम्भीर विषयमा लापबारही गरिएको भन्दै अखिल क्रान्तिकारीले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गरेको हो ।

प्रश्नपत्रमा भारतसँग सम्बन्धित विषय सोधिएपछि विद्यार्थीहरूले परीक्षा नदिने अडान लिएका थिए । विद्यार्थीहरूको अडानपछि झण्डै १ घण्टा पछि परीक्षा नियन्त्रण कार्यालयले दोस्रो प्रश्नपत्र पठाएको थियो ।

विभिन्न विद्यार्थी संगठनहरूले प्रश्नपत्र बनाउने र लापरबाही गर्ने अधिकारीहरूलाई कारबाही गर्न माग गर्दै आएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्दै आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here