काठमाडाैं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आजै डोजर चलाउने तयारी गरेको छ । तर त्यसअघि महानगरले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको छ।
उक्त कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले शुक्रबार माइकिङ गर्दै कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो। तर अल्टिमेटम सकिँदा पनि भवन खाली नगराइएको हुँदा महानगरले डोजर लगाएरै भत्काउन लागेको हो ।
तर, राप्रपाको केन्द्रीय कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताहरू भेला भएका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ । नगर प्रहरी र राप्रपा कार्यकर्ताबीच मुठभेड हुनसक्ने सम्भावना पनि देखिन्छ ।


















