मछिन्द्र फुटबलले भुटानको पारो एफसीसँग खेल्दै

48
 काठमाडौं । एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग खेल्दै छ ।

मंगलबार बेलुकी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि दुवै टिमले आफूहरु तयार रहेको बताएका छन् ।

सोमबार भएको प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलका लागि तयार भएको बताए ।

मछिन्द्रका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि तयार रहेको बताएका छन् ।

खेलका लागि राम्रो स्ट्राइकर चाहिने भएकाले ७ जना खेलाडी थप गरिएको जानकारी दिँदै उनले उनीहरुलाई आवश्यकता अनुसारको पोजिसनमा खेलाउने बताए  ।

लिग च्याम्पियन चर्च ब्वाइजका आशिष चौधरी र एरिक विष्टसहित संकटाका आयुष घलान, थ्री स्टार क्लबका लकेन लिम्बु, एपीएफका सनिष श्रेष्ठ तथा एफसी खुमलटारका रेजिन सुब्बा, रोहित सुब्बार विदेशी खेलाडी मेसुके ओलोमोउलाई मछिन्द्रले यही खेलका लागि आबद्ध गरेको छ ।

मछिन्द्रका कप्तान विशाल श्रेष्ठले  पनि आफूहरु कमजोर रहेको पोजिसनमा नयाँ खेलाडी अनुबन्ध गरेकाले टिम राम्रो बनेको बताए ।

शहीद स्मारक ए डिभिजन लिगको उपविजेता बने पनि मछिन्द्रले भाग्यमानी बन्दै एएफसी कप खेल्ने अवसर पाएको हो । च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न लागेछ ।

पारो भुटानको लिगमा टप भएर आएको टिम हो ।  पारोले विदेशी खेलाडीबाट अपेक्षा धेरै गरेको भन्दै केसीले उनीहरुलाई रोक्नु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here