फ्रान्सले मोरक्कोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्याे

37

एडेलेड। एजेनी ले सोमरको दुई गोलप्रेरित फ्रान्सले अन्तिम १६ अन्तर्गत मंगलबार मोरक्कोलाई ४–० मा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ।

अस्ट्रेलियाको एडेलेडमा भएको खेलमा अफ्रिकी टिमविरुद्ध हाबी बनेको फ्रान्सका लागि कादिदियातो दियानीले १५औं मिनेटमा पहिलो गोल गरेकी थिइन्।

त्यसको पाँच मिनेट नबित्दै केन्जा डालीले फ्रान्सको अग्रता दोब्बर पारेकी थिइन्। सुरुआतमै फ्रान्सेली आक्रमणसामू टिक्न नसकेको मोरक्कोले २३औं मिनेटमा तेस्रो गोल खायो।

सोमरले व्यक्तिगत पहिलो गोल २३औं मिनेटमा गरेकी थिइन्। त्यसपछि सम्हालिने कोसिस गरेका मोरक्कोले ७०औं मिनेटमा सोमरबाटै चौथो गोल खाएको थियो।

जितसँगै अन्तिम आठमा पुगेको फ्रान्सले सेमिफाइनल प्रवेशका लागि आयोजक मुलुक अस्ट्रेलियासँग खेल्ने छ। अस्ट्रेलिया सोमबार भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो।

विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। अन्तिम चारमा स्थान बनाउन स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, इङ्ल्यान्ड र कोलम्बिया तथा अस्ट्रेलिया र फ्रान्स एक अर्कामा आमनेसामने हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here