काठमाडौं । मकवानपुर, कैलाश गाउँपालिका-१० भालटारस्थित मनहरी खोलामा डुबेर सोही ठाउँ बस्ने सुमन सिंह स्याङतानकी छोरी ४ वर्षीया प्रमिसा स्याङतानको आइतबार दिउँसो मृत्यु भएको छ ।
बर्दिया, मधुबन नगरपालिका-१ दुर्गानगरस्थित पत्थरबोधी खोलाबाट आएको नालीमा डुबेर कैलाली धनगढी उपमहानगरपालिका-३ बडहर घर भएकी नेहा चौधरीकी छोरी २ वर्षीया बिसिका चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको स्वास्थ्य चौकी सूर्यपटुवामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















