त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गर्ने

151

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै त्रिविले दीक्षान्त समारोह २०८० आयोजना गर्ने जानकारी दिएको हो ।

गत वर्ष असार एक गतेदेखि गएकाे जेठ ३२ गते (15th June 2022 to 15th June 2023) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी यसमा सहभागी हुन पाउने उल्लेख गरिएकाे छ ।

यसका साथै सोही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह पूरा गर्ने विद्यार्थीहरूले पनि यस दीक्षान्त समारोहमा भाग लिन पाउनेछन् ।

यसका लागि विद्यार्थीहरूले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । आवेदन आउँदाे कात्तिक ८ गतेसम्म दिन सकिने  त्रिविले जनाएको छ । यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here