सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलायाे : पूर्वअर्थमन्त्री शर्मा

30
काठमाडौं । नेकपा (माओवादी)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।
यहाँस्थिति बिहीबार इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएको एक कार्यक्रममा बोल्नुहुँदै सो धारणा राख्नुभएको हो ।
भ्रष्टाचारविरोधी अभियान, ललिता जग्गा प्रकरण, सुन तस्करी काण्ड, मिटरब्याजलगायतका विभिन्न समस्याप्रति सरकारले चलाएको कदममा जनताले साथ दिएको उहाँले बताउनुभयो ।
‘‘सरकारले गरेका महत्वपूर्ण कामहरुको स्वामित्व ग्रहण गर्ने र त्यसलाई स्थापित गर्न आवश्यक छ ।’’ पूर्व ऊर्जामन्त्री पनि रहनुभएका नेता शर्माले जोड दिएर भन्नुभयो, ‘‘विगतमा पनि प्रचण्ड नेतृत्वको सरकारले १८ घण्टे लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउनभएको थियो तर त्यसको स्वामित्व कहिले लिनुभएको भएन ।’’
विगतका घटनाहरुलाई स्मरण गर्दै यस पटक सरकारले आपराधिक गतिविधिलाई निस्तेज पार्दै सामाजिक न्यायको क्षेत्रमा धेरै राम्रा कामकार्वाही गरेको छ, सो कुरा जनतासमक्ष जस्ताको त्यस्तै जानुपर्छ, उपमहासचिव शर्माले जोड दिएर भन्नुभयो ।
उहाँले नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा योसहित चारपटक सरकार चलाइसकेको अनुभव भएकाले पनि कर्मचारीतन्त्रलाई समयसापेक्ष सोही अनुसार प्रयोग गरेर जनताका समस्या र अभावलाई समाधान गर्नको घरघरमा माओवादी भन्ने तीन महिने विशेष रुपान्तरण अभियान चलाउन लागेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here