नेपालभाषाको सबैभन्दा महङ्गो बजेटको ‘हिरो हिरो जि ख्वपय् च्वंम्ह हिरो’ म्यूजिक भिडियाे आउने

77

काठमाडाैं ।  नेपाली चलचित्र एवम् भाषिक चलचित्रहरुमा द्वन्द कलाकार तथा द्वन्द निर्देशकको रुपमा सफलता हासिल गरिसक्नुभएको प्रतिभाशाली एक्सन फाइटर अर्थात सुरज श्रेष्ठ यतिखेर आफै मोडलिङ गरिरहनुभएको छ।

नेपालभाषा तयार भएको एक एक्सन गीतमा सुरजले चर्चित नेवाः मोडल आरध्या लक्ष्मी खड्गीको साथमा स्क्रिन शेयर गर्नुभएको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा करिब ६ दिन लगाएर छायांकन गरिएको उक्त म्युजिक भिडियो नेपालभाषाको सबैभन्दा महंगाे बजेटको भिडियो भएको मोडल श्रेष्ठले दाबी गर्नुभयो ।

बरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्दमा चर्चित गायक सुर्य दनुवार राई र दिलु श्रेष्ठले स्वर भर्नुभएको गीतको बोल ‘हिरो हिरो जि ख्वपय् च्वंम्ह हिरो’लाई सुर्य दनुवार राईले नै संगीत गर्नुभएको हो । संगीतकर्मी सुर्य राईले आफ्नो टिम उक्त भिडियोबाट निक्कै आशावादी रहनुभएको कुरा हाम्रो मिडियालाई व्यक्त गर्नुभयो ।

केहिदिन भित्रै आमदर्शकहरुमाझ सार्बजनिक गरिने तयारी गरिएको उक्त एक्सन गीति भिडियोमा छायांकन सम्पादन सोहन मानन्धर र निर्देशन राजेशमान सिंहले गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here