रुसी राष्ट्रपति भ्लादिमर पुटिनको भारत भ्रमण रद्द

48
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ। यसअघि सेप्टेम्बर ९ र १० तारिखमा भारतको नयाँदिल्लीमा हुन गइरहेको जी-२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने भनिएको थियो।

रुसी मिडियासँग कुरा गर्दै पुटिनका प्रेस संयोजक दिमित्री पेस्कोपले पुटिन दिल्ली नजाने बताए। उनले भने, ‘पुटिनले दिल्लीमा हुन लागेको जी–२० सम्मेलनमा जाने योजना बनाउनु भएको छैन। अहिले सबैभन्दा महत्त्वपूर्ण युक्रेनमा विशेष सैन्य अभियान हो।

पुटिन भारत आउनुअघि टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोनको निमन्त्रणामा ब्ल्याक सी ग्रेन डीलबारे छलफल गर्न  टर्की जाने कार्यक्रम रहेको छ। तर यो कार्यक्रम पनि रद्द हुने सम्भावना रहेको रुसी मिडियाले जनाएका छन्।

nimb

पुटिन हालै दक्षिण अफ्रिकामा सम्पन्नन ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए। गत वर्ष इन्डोनोसियाको बालीमा सम्पन्न जी-२० सम्मेलनमा पनि अनुपस्थित थिए।

 

जी-२० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, चिनियाँ राष्ट्रपति सी जिनपिङ, साउदी अरबका युवराज मोहम्मद बिन सलमानलगायत विश्वका शीर्ष नेता सहभागी हुँदैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here