यी साहित्यिक ग्रन्थलाई यशस्वी अवार्ड प्रदान

44

काठमाडौं । त्रिदिवसीय साहित्य महोत्सव  ‘कलिङ साहित्य महोत्सव’ डाक्टर नवराज केसीको ‘शून्यको मूल्य’, विवेक ओझाको उपन्यास ‘ऐंठन’, रेणुका जिसीको कथा संग्रह ‘सनेस’लाई यशस्वी अवार्ड प्रदान गरिएको छ।

आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गर्ने क्रममा यी कृति सम्मानित भएका हुन्।

सम्मानित हुने अन्य कृतिमा कवितातर्फ ‘भाषाको बकपत्र’, जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधालिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रीमा केसीद्वारा अनुदित ‘अमृता प्रीतमका छानिएका कविता’, खाद्य तथा औषधि विधामा ‘रैथाने चाडबाड र खानपान’, अंग्रेजी भाषाको संस्मरण ‘हिमालयन मेभरिक’ र अंग्रेजी कवितासंग्रह ‘मिनट्स या मेरिट’ छन्।

ललितपुरको हिमालय होटलमा सञ्चालन भइरहेको महोत्सवमा लेखकहरुूको उपस्थितमा सम्मान प्रदान गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here