एक भगवत् गीताको ट्रेलर सार्वजनिक

48

काठमाडौं ।  नेपाली कथानक चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू) को कथालाई विरलै देख्न सकिन्छ ।

लभस्टोरी चलचित्र बनाउने निर्देशक झरना थापाले भने यस पटक चलचित्र ‘एक भगवत् गीता’मार्फत लैंगिक अल्पसंख्यक समुदायको कथालाई सशक्त ढंगले प्रस्तुत गर्न खोजेकी छन् । ट्रेलर हेर्दा चलचित्र सशक्त बनेको अनुमान गर्न सकिन्छ ।

अभिनेता विपिन कार्कीको सशक्त भूमिका रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा लैंगिक अल्पसंख्यकलाई समाज तथा परिवारले गर्ने तिरस्कारका साथै समानता र न्यायको लडाईं लडेको देखाइएको छ ।

ट्रेलरमा सुहाना थापा र धीरज मगरबीचको प्रेम र रोमान्सलाई पनि समेटिएको छ । फिल्ममा सुहाना र धीरजको अन्तरजातीय प्रेमकथालाई देखाइएपनि प्रमुख विषयवस्तु भने लैंगिक अल्पसंख्यक समुदायको कथा नै रहेको देखिन्छ ।

यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन, सुहान र धिरज बाहेक जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय छ ।

फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनले संवाद लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here