विकासको भारोत्तोलनमा नयाँ राष्ट्रिय कीर्तिमान

25

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गर्नुभएको हो । विकासले स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । १२३ केजीको कीर्तिमान विकासको नाममा थियो । उहाँले सो कीर्तिमान १९औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाउनुभएको थियो ।

विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गर्नुभयो । यसअघि उहाँले १९औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रच्नुभएको थियो । कूलमा उहाँले उठाएको २७२ केजी भार पनि राष्ट्रिय कीर्तिमान हो । उहाँकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९औं एसियाली खेलकुदका लागि छनोट हुनुभएको छ ।

यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासङ्घको कंग्रेसमा सहभागी हुन सोमबार नै रियाद प्रस्थान गर्नुभएको छ । श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि रियाद प्रस्थान गर्नुभएको छ । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here