काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।
डिस्ट्रिब्युटर मीटलाई सम्बोधन गर्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीले भने, “यस डिस्ट्रिब्युटर मीटमा उपस्थित हुनु भएका समस्त डिस्ट्रिब्युटरहरुप्रति हामी आभारी छौँ । हामी आपसमा सहकार्य, समन्वय गर्दै, एक आपसबाट सिक्दै–सिकाउँंदै र एक अर्कालाई हौसला दिँदै आजको दिनसम्म आइपुगेका छौँ । डिस्ट्रिब्युटरहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हुन् र हामी र हाम्रो ग्राहकलाई जोड्ने पुल पनि हुन् । डिस्ट्रिब्युटरहरुको लगातार मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो । हामीलाई विश्वास छ कि हामी यसै गरि समन्वया गर्दै नेपाली प्रविधिमा नयाँ आयाम थप्नेछौँ र अझै प्रतिबद्ध भएर अगाडि बढनेछौँ ।”


















