सिटिजन लाइफको आईपिओ ९ लाख जनाले १० कित्ताका दरले बाँडफाँड

10

काठमाडौं । सर्वसाधारणका लागि निष्कासन भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ ।

कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कूल २४४ रुपैयाँमा ९० लाख कित्ता आईपिओ विक्रि गरेको थियो ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको थियो । उक्त आईपीओ आज दिउँसो २ बजे बाँडफाँड गरिएको हो ।

योसँगै ९ लाख जनाले १० कित्ताका दरले आईपिओ पाएका छन् । आईपिओको नतिजा कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here