प्रतिनिधि सभाको बैठक स्थगित

39

काठमाडौं । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकबाट १६ दिनपछि बस्ने गरी स्थगित भएको छ ।

साे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए । ‘

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणको विषयमा जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने गरी स्थगित गरे ।

शुक्रबारको बैठकमा शून्य र विशेष समेत राखिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here