१९औं एसियाली खेलकुदमा नेपालली पुरुष भलिबल टाेलीेले बहराइनसँगै भिड्दै

118

काडमाडाैं । एसियाली खेलकुदको औपचारिक उद्घाटन २३ सेप्टेम्बरबाट सुरु हुँदै छ। यद्यपि प्रतियोगिताको उद्घाटन अघिनै केही खेलहरु भने सुरु भएका छन्। आजबाट टिम इभेन्टका खेलका रुपमा रहेका भलिबल, फुटबल र क्रिकेटको प्रारम्भिक खेलहरु सुरु हुँदै छन्।

नेपालले आज पुरुष भलिबलमा समूह ‘बी’ को प्रारम्भिक चरणमा बहराइनसँग प्रतिस्पर्धा गर्दै छ। चाइना टेक्स्टाइल सिटी स्पोर्ट सेन्टरको (सिएक्ससी) को जिम्न्याजियममा हुने खेल नेपाली समय अनुसार ४:४५ मा सुरु हुने छ।

यस्तै समूहको दोस्रो तथा अन्तिम खेल नेपालले बुधबार एसियन पावर हाउस इरानसँग खेल्ने छ। महिला भलिबलमा भने नेपालले ३० सेप्टेम्बरमा भियतनामसँग प्रतिस्पर्धा गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here