अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा

86

काठमाडौं । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ । सो संगठनद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो।

उक्त पत्रकार सम्मेलनमाअखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने जानकारी दिदै संगठनको नाम परिवर्तन हुन सक्ने बताए ।
उनले भने- ‘संगठनको नामका विषयमा पनि यो सम्मेलनमा छलफल गर्ने छौं । पछिल्लो समय माओवादी आन्दोलनमा देखिएको समस्या र पार्टीहरुको भातृ संगठनको नाम एउटै हुँदैगर्दा कतिपय हाम्रा संगठनले गरेको राम्रा कामहरु पनि सोलोडोलोमा हाल्ने र त्यसको गलत मूल्याङकन गर्ने परम्परा देखिएको छ । हाम्रो आफ्नै पहिचान स्थापित गर्ने कार्यभार हाम्रो समक्ष छ । त्यसैले २३औं राष्ट्रिय सम्मेलनबाट संगठनको नयाँ नाम राख्ने सोचिरहेका छौं ।’

उनले नेपालको पछिल्लो विद्यार्थी आन्दोलन सत्ता पक्षीयजस्तो देखिएको उल्लेख गर्दै नेपालमा पछिल्लो समय स्वाधीनताको लडाईँ पेचिलो बन्दै गएको र राष्ट्रिय सम्मेलनमा यस बारेमा व्यापक छलफल हुने बताए ।
उनले अहिले संसद्मा दर्ता भएको शिक्षा विधेयक लहैलहैमा आएको उल्लेख गर्दै यो विधेयक पास गरेर बेलगाम शिक्षामा व्यापार हुने, धार्मिक व्यापार फस्टाउने बताए । उनले शिक्षालाई प्रविधि मैत्री र प्राविधिक बनाउन पर्नेमा यो विधेयक कर्मकाण्डी भएको टिप्पणी गरे ।
यसैगरी , उक्त पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले केन्द्रीय समिति बैठकका निर्णय वाचन गरेका थिए। जुन यस प्रकार रहेको छ –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here