दुबै मृगौला फेल भएका दिवाकर मगरद्वारा उपचारका लागि सहयोगको अपिल

249

काठमाडौं । उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नं ३ निवासी डिकबहादुर मगर ‘दिवाकर’को दुबै मृगौला फेल भएर उपचारत छन् ।

दिवाकर विगत एक महिनादेखि मृगौला फेल भएर काठमाडौंको वीर अस्पतालमा उपचार गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा मृगौला पिडित दिवाकरले उपचारको लागि सहयोगको अपिल गरेका छन् ।

कौशिला प्रा।वि।का प्रधानाध्यापकसमेत रहेका मृगौला पिडित दिवाकरले उपचारको लागि आफ्नो आर्थिक अवस्थाले नपुगेपछि सहयोगको लागि सबैलाई आग्रह गरेका हुन् ।

लामो समयदेखी अध्यापन गराईरहेका ४७ वर्षिय दिवाकर वीर अस्पतालमा डाईलोसिस गराउँदै आएका छन् । सहयोगको लागि डिकबहादुर मगरको नाममा रहेको प्राइम बैंक ताप्ली शाखाको खाता नम्बर ०७७००१३८ PS मा आर्थिक सहयोग गर्न सकिने छ । तथा विरामी स्वय्म 984-2979939 मासम्पर्क राखेर सहयाेग गर्न सक्नु हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here