काठमाडौं । ब्याजदर वृद्धिको प्रत्यक्ष असर बैङ्कहरूको कर्जा लगानी र नाफामा परेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा बैङ्कहरूको कर्जा लगानी १६ अर्ब रुपैयाँले घट्न पुगेको हो ।
नाफामा सङ्कुचन
समीक्षा अवधिमा बैङ्कहरूको कर्जा लगानी घटेसँगै यता नाफा समेत घट्न पुगेको छ । केन्द्रीय बैंकका अघिल्लो असार मसान्तको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाहरूको नाफा ६.७९ प्रतिशतले घट्दै जम्मा १० अर्ब २२ करोड ५० लाख रुपैयाँ मात्र कमाएका छन् । जसमध्ये वाणिज्य बैङ्कहरूको नाफा ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनाको तुलनामा वाणिज्य बैङ्कहरूको नाफामा ६.७९ प्रतिशतले गिरावट आएको हो ।
कुन बैंकको नाफा कति ?
ग्लोबल आईएमई बैंक – ९९ करोड २४ लाख रुपैयाँ
नबिल बैंक – ७५ करोड ५५ लाख रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – ७४ करोड ८० लाख रुपैयाँ
हिमालयन बैंक – ६३ करोड १२ लाख रुपैयाँ
कुमारी बैंक – ५७ करोड ७१ लाख रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंक – ४४ करोड ७० लाख रुपैयाँ
प्राइम कमर्सियल बैंक – ४२ करोड ४८ लाख रुपैयाँ
लक्ष्मी सनराइज बैंक – ४१ करोड ५४ लाख रुपैयाँ
एनआईसी एशीया बैंक – ३८ करोड ४६ लाख रुपैयाँ
एनएमबी बैंक – ३८ करोड ३१ लाख रुपैयाँ
एभरेष्ट बैंक – ३६ करोड ७७ लाख रुपैयाँ
नेपाल बैंक – ३६ करोड ४ लाख रुपैयाँ
कृषि विकास बैंक – ३३ करोड १६ लाख रुपैयाँ
प्रभु बैंक – २९ करोड ९९ लाख रुपैयाँ
सिद्धार्थ बैंक – २९ करोड ९६ लाख रुपैयाँ
स्ट्यान्डर्ड चार्टर्ड बैंक – २५ करोड ७८ लाख रुपैयाँ
सानिमा बैंक – २५ करोड २० लाख रुपैयाँ
सिटिजन्स बैंक – २४ करोड ७६ लाख रुपैयाँ
माछापुच्छ्रे बैंक – १८ करोड ८७ लाख रुपैयाँ
नेपाल ईसबीआई बैंक – १६ अर्ब ५ करोड रुपैयाँ
आर्थिक शिथिलताबिच उपभोग्य बजार र उत्पादनसँगै घटेको कर्जा मागले बैङ्कहरूको नाफा प्रभावित हुन पुगेको हो । यसमा निरन्तर बढ्दो बैंकको ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको उद्योग व्यवसायीहरूको भनाई छ ।
पछिल्ला कार्यक्रमहरूमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नै बैंकहरुले ब्याजदर वृद्धि गरेर लगानीको वातावरण बिथोल्ने काम गरिरहेको बताउँदै यस्तो कार्य बन्द गर्नुपर्ने बताउँदै आएका छन् । सरल र सुलभ ब्याजदर कायम गर्दै पर्याप्त लगानीको वातावरण बढाउनुपर्ने र उत्पादन वृद्धि गर्नुपर्नेमा उनको जोड छ ।

















