इलाम, काठमाडौं र ललितपुरले १४-१४ खेलाडी खरिद गर्दा बाँकी ६ टिमले १३ खेलाडी अक्शतनबाट खरिद गरे। अक्शनमा विभिन्न क्याटगोरीका ६० खेलाडी तानातान हुँदा गोलाप्रथाबाट विभिन्न क्लबमा पुगे। गोलाप्रथामा सर्वाधिक भाग्यमानि ललितपुर बन्दा पोखरा अभागि सावित भयो। पोखराले एकजनापनि ‘ए’ क्याटगोरीका खेलाडीलाई गोला प्रथाबाट आफ्नो टिममा पार्न सकेन। जबकी ललितपुर एफसीले ‘ए’ क्याटगोरीका सर्वाधिक तीन खेलाडीलाई गोलाप्रथाबाट आफ्नोमा पार्न सफल भयो।
अक्शनमा कुन कुन टिम कति खेलाडी
नेपाल सुपर लिगको ड्राफ्टमा कुल २०० खेलाडी रहेका थिए। जसमा अक्शनमा १ सय ७८ खेलाडी रहेकामा कुल १ सय २० खेलाडी विभिन्न ९ क्लबमा अनुबन्धन भए। जसमा ६० खेलाडीले आ-आफ्नो श्रेणीमा सर्वाधिक उच्च मुल्य पाए।
अक्शनपछि प्रत्येक टोलीले विदेशी खेलाडीलाई अुनबन्धन गर्ने अवसरबाँकीनै छ। हरेक टिमले ६ विदेशी खेलाडीलाई अनुबन्धन गर्न पाउने छन्। जसमा एक पटकमा बढीमा ५ खेलाडीलाई मैदान उतार्न पाउने छन्।
सर्वाधिक रकम खर्चिने ललितपुर, पोखरा र बुटवलले न्युनतम रकम पनि खर्चन सकेनन्

गोलाप्रथामा कुन क्लबको भागमा कति खेलाडी
अक्शनमा राख्नका लागि खेलाडीहरुलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो। ए मा रहेका खेलाडीले अधिक्तम ३ लाख ५० हजार, बी मा रहेका खेलाडीले १ लाख ५० हजार र सी मा रहेका खेलाडी १ लाख ३० हजार अधिक्तम मुल्य तोकिएको थियो। जसमा एक भन्दा बढी क्लबले अधिक्तम मुल्यमा बोलि लगाएमा गोला प्रथाबाट खेलाडी छनोट गरिएको थियो।
बिरगञ्च एफसी: गोलाप्रथाबाट ६ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका दुई र ‘बी’ क्याटगोरीका दुई सहित र ‘सी’ का १ खेलाडी
बुटवल लुम्बिनी एफसी: गोलाप्रथाबाट ५ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका तीन सहित ‘सी’ का दुई खेलाडी
एफसी चितवन: गोलाप्रथाबाट ६ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका तीन सहित ‘सी’ का दुई खेलाडी
ललितपुर सिटी एफसी: गोलाप्रथाबाट १० खेलाडी, जसमा ‘ए’ क्याटगोरीका तीन र ‘बी’ क्याटगोरीका ६ सहित ‘सी’ का एक खेलाडी
टिम धनगढी एफसी: गोलाप्रथाबाट ७ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका चार सहित ‘सी’ का दुई खेलाडी
काठमाडौं रेजर्स एफसी: गोलाप्रथाबाट ६ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका दुई सहित ‘सी’ का तीन खेलाडी
स्पोर्टिङ इलाम डे मेची: गोलाप्रथाबाट ९ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका ६ सहित ‘सी’ का दुई खेलाडी
झापा एफसी फुटबल क्लब: गोलाप्रथाबाट ८ खेलाडी, जसमा ‘ए’ क्याटगोरीका एक र ‘बी’ क्याटगोरीका चार सहित ‘सी’ का तीन खेलाडी
पोखरा थन्डर्स: गोलाप्रथाबाट तीन खेलाडी, जसमा ‘ए’ क्याटगोरीका शुन्य र ‘बी’ क्याटगोरीका एक र ‘सी’ का दुई खेलाडी


















