यू-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले लगातार तेस्रो पटक जित्याे

64

काठमाडौं । भारतले यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि तेस्रो पटक जितेको छ। काठमाडौंमा आयोजना भएको प्रतियोगिताको फाइनलमा भारतले पाकिस्तानलाई ३-० ले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा भारतले ३ गोल गर्दै पाकिस्तान विरुद्ध सहज जित हासिल गर्‍यो।

यसअघि भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो। यो उपाधिसँगै लगातार तेस्रो पटक च्याम्पियन बन्दै ह्याट्रिक गर्‍यो। २०१५ को पहिलो र २०१७ मा भएको दोस्रो संस्करणमा भने नेपाली यू-१९ टोली च्याम्पियन बनेको थियो।

जारी संस्करणमा पहिलो पटक फाइनलमा पुगेको पाकिस्तानविरुद्ध भारतले ६४ औं मिनेटमा पहिलो गोल गरेको थियो। उसका लागि सब्सिटिच्युट खेलाडी मागेलथाङ किपगेनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। ८५ औं मिनेटमा किपगेनलेनै ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए।

भारतले तेस्रो गोल इन्जुरी समयमा सम्भव बनायो। भारतका लागि तेस्रो गोल ग्वगवमसार गोयरीले सम्ब बनाए। सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए। भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराएर फाइनलमा प्रवेश गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here