काठमाडाैं । साहित्य सदन नेपाल, रामहिटी, बौद्धमा साधारण सभा तथा गोपालप्रसाद रिमाल पुरस्कार अर्पण समारोह असोज १३ गते शनिवार सम्पन्न भएकाे छ ।
वासुदेव त्रिपाठीको प्रमुख अतिथि रहेको समारोहमा तयार भएको भवनबारे खुशी व्यक्त गर्दै संविधानसभा सदस्य रामेश्वर फुयालले विदेशीयका नेपालीलाई आफ्नै स्वदेश फ़र्कन आव्हान गर्दै क्यामेरालाई ak47को संज्ञा दिँदै भिडिओ संजाल मार्फत संसारभर नेपालको सुन्दरतालाई फैलाउने कुरा राख्नुभयो।
साथै भवन व्यवस्थापन गर्न साहित्यिक पुस्तकालय बनाउने कुरामा जोड दिनुभयो।

















