– अर्जुन महर्जन, कीर्तिपुर
धोंगी तन्त्रका धोंगहरू अचाक्लि भए,
धोंगहरू चाख्दा चाख्दै
धोंग नै मिठो र गुलिया भई दिए ।
धोंगीले मचाएको धोंगको महाजात्रामा
मचिमचिएर धोंगका झोले भई दियौं,
धोंगका रमिते भई दियौं
आज सम्म अहिले सम्म हो पक्कै पनि हो,
नयाँ पिढींका लागी पनि त
फगत् हामी धोंगी नै बन्दै छौं,
आसा हराई सकेको भान छ,
निरासाले दिन दिनै लखेटि रहेको छ,
नयाँ र नौलो बिहान अनि घाम
घमाईलो उल्टिएर औंशी पोटिएको छ,
केबल दिखावाले तालि पिटिएर
युग र जुग कत्दै छ,
केबल धोंगको रतान र
त्यही रतानले हरपल पिटिएर वर्तमान शोकमग्न छ ।


















