वरिष्ठ गायिका दिलमाया खातीको निधन

49

काठमाडौं । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति निधन भएकाे हाे।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्।

करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here