काठमाडौं । नेपाली कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको छ ।
साथै सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न समेत कांग्रेस संसदीय दलको बैठकले माग गरेको छ ।
साथै स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउन समेत सरकारसँग माग गरिएको उनले बताए ।


















