अभिनेता म्याथ्यु पेरीको निधन

73

काठमाडौं । चर्चित वेब सिरिज ‘फ्रेन्ड्स’मा चण्डलर बिङको भूमिका निर्वाह गरेका अभिनेता म्याथ्यु पेरीको निधन भएको छ।

म्याथ्यु पेरीको ५४ वर्षको उमेरमा निधन भएको हो। पेरीको शव शनिबार उनको लस एन्जलसको घरमा रहेको बाथटबमा भेटिएको थियो।

तातो टबमा डुबेर म्याथ्यूको मृत्यु भएको बताइएको छ। उनको शव टबमा डुबेको अवस्थामा फेला परेको थियो। लस एन्जलस टाइम्सका अनुसार पेरीलाई शनिबार, अक्टोबर २८ मा बेलुका ४ बजे उनको घरमा फेला पारिएको थियो।

रिपोर्टका अनुसार पेरी आफ्नो लागुऔषधको लतबाट समस्यामा परेका थिए। ‘फ्रेन्ड्स, लभर्स एन्ड द बिग टेरिबल थिंग’ मा उनले आफैंले यो कुरा उल्लेख गरेका थिए।

एक पुरानो अन्तर्वार्तामा पेरीले आफूले आफ्नो जीवन पूर्ण रुपमा जिउने र समय समयमा समस्याको सामना गरेको बताएका थिए।

म्याथ्यु पेरीले सन् १९७९ मा टिभीमा डेब्यु गरेका थिए। उनले २४०-रोबर्टको एपिसोडमा अभिनय गरे। त्यसपछि उनले एकपछि अर्को धेरै शोमा काम गरे।

उनले ‘नट नेसेसरी द न्युज’,‘ सिल्भर स्पुन्स’, ‘चार्ल्स इन चार्ज’, ‘हाइवे टु हेभन’ र ‘जस्ट द टेन अफ अस’मा पनि काम गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here