काठमाडौं । साउदी अरेबियन स्टार सलिम अल दाव्सरी र अस्ट्रेलियन आइकन सामन्था केर एएफसी वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।
कतारको दोहामा भएको वार्षिक अवार्ड २०२२ मा सलिम पुरुषतर्फ र केर महिलातर्फ सर्वाेत्कृष्ट भएका हुन् ।
विश्वविजेता अर्जेन्टिनाविरुद्ध विश्वकपको पहिलो खेलमा जित निकाल्दा सलिमले सानदार प्रदर्शन गरेका थिए । खेलमा साउदीले अर्जेन्टिनालाई २–१ ले हराएको थियो ।
सलिमकै उत्कृष्ट प्रदर्शनमा अल हिलाल फिफा क्लब विश्वकप र एएफसी च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको थियो । साउदी प्रो लिग र किङ्स कप उपाधि जितेको थियो ।
महिलातर्फ अस्ट्रेलियाकी केर सर्वाेत्कृष्ट भइन् । उनी दोस्रो पटक सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् । ३० वर्षीय स्ट्राइकरले क्लब र देशको लागि सानदार प्रदर्शन गर्दै आएकी थिइन् । उनले चेल्सीको लागि सन् २०२२–०२३ सिजनमा ३० गोल गरेकी छिन् ।
यसैगरी सर्वाेत्कृष्ट प्रशिक्षक जापानका हाजिमी मोरियासुले जिते ।


















