ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

36

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

कालिन्जोर पुलदेखि करिब सय मिटर पूर्वतर्फ बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश –२–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक हरिवन नगपालिका–११, का २८ वर्षीय मुकेश कुमार गुप्ता र सोही मोटरसाइकलको पछाडि सवार हरिवन ११ कै ३५ वर्षीय सुनिलकुमार गुप्ताको मृत्यु भएको हो ।

मोटरसाइकल चालक मुकेशलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा र पछाडि सवार सुनिललाई जनसेवा अस्पताल बर्दिबास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लाल बन्दीका प्रहरी निरीक्षक हरिबोल के.सी. ले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार राति ९ः३० बजेतिर दुर्घटना भएको हो । ट्रक बिग्रिएपछि चालक र सहचालक मिस्त्री खोज्दै लालबन्दी बजारतर्फ आएको बेला दुर्घटना भएको प्रहरी निरीक्षक के.सी.ले बताउनुभयो ।

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई राखिएको छ । ट्रकका चालक प्रहरी नियन्त्रणमै छन् । मृतक मुकेशको शव मलङ्गवा र सुनिलको शव बर्दिबासमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल तीव्र गतिमा रहेको र रातको समयमा अगाडिको दृश्य प्रस्टसँग नदेख्दा दुर्घटना भएको आशङ्का गरेको छ । दुर्घटनामा परेको मोटरसाइकलको अगाडिको भाग पूर्णरुपमा क्षतविक्षत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here