तारा एयरका दुई पाइलट निलम्बित

8

काठमाडाैं । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड (निलम्बन) गरेको छ।

प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन भएको हो। उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।

आज बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका ती पाइलटबीच जहाजबाट झरेपछि हात हालाहाल भएको थियो। उनीहरुबीच व्यक्तिगत कारणले झगडा भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here