सर्वोच्चको फैसलाले आफूलाई थप साहस

99

काठमाडौं । रिगलको आममाफीविरुद्धको रिट निवेदक भारती शेर्पाले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन्।

रिगल भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो राज्य हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिइन्।

फैसलापछि आफूले न्यायाधीशहरूप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढीमा ढोगेको उनले बताइन्। सरकारका कुर्सीहरू बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बताइन्।

उनले सरकारजस्तै न्यायलय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत सावित भएको जिकिर गरिन्। उनले अन्यायमा परेका आम पीडितहरूलाई न्यायका लागि लड्नसमेत आह्वान गरिन्। नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो। रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here