पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

30

काठमाडाैं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका –१० घर भई काठमाडौंको नागार्जुन–६ रामकोट बस्दै आएकी ३९ वर्षीय सुनिता कर्माचार्य पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

उनले राज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै पटकपटक गरी ३८ लाख रुपैयाँ लिएको प्रहरीले जानकारी दिएको छ। उनले पोल्यान्ड जान ८ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख ५० हजार रुपैयाँ कमाइ हुने भन्दै पीडितहरुबाट पटकपटक रकम लिएकी थिइन्।

मोटो रकम लिएपछि उनी फरार भएकी थिइन्। यसबिरुद्द्ध पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए। वैदेशिक रोजगारको पत्रअनुसार प्रहरीले उनलाई मंगलबार इन्द्रचोकबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here