इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगी गर्ने श्रेष्ठ पक्राउ

70

काठमाडौं । इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा हाल तार्केश्वर नगरपालिका-१ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका-६ का ३५ वर्षीय राजेश श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।

श्रेष्ठले ५  जनालाई वैदेशिक रोजगारका लागि इस्टोनिया पठाई सुपर मार्केटको स्टोर किपरमा १ लाख ५० हजार रुपैयाँ तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ३४ लाख १३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here